बाह्रदशीमा रड प्रहार हुँदा माझी खुत्रुक्कै

IMG-20241117-WA0014

राजगढ़: झापाको बाह्रदशी गाउँपालिका-५ मा रड प्रहार हुँदा एकजनाको घटना स्थलमै हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।
बाह्रदशी-५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहार हुँदा मृत्यु भएको हो। घाइते माझीलाई उपचारका लागिबिर्तामोड़ स्थित बिएन्डसी अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।
राति आपसी विवाद हुँदा बाह्रदशी-५ कै मानपुर राजवंशीले माझीलाई रडले प्रहार गरेका थिए। राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोड़बाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement