गेजिङ: गेजिङ जिल्लाको खण्ड प्रशासनिक केन्द्रको टोलीलाई नेतृत्व गर्दै खण्ड विकास अधिकारी र सहायक निर्देशकले घरदैलोमा सरकार पहल अन्तर्गत हिजो नाम्बु सिन्द्राबुङ ग्राम पञ्चायत युनिटको भ्रमण गऱ्यो।यस पहल अन्तर्गत तासेन्थाङ, छोङग्री, साङखोला, परम, रिम्बिक, नाम्बु र लुङगाङका मानिसहरूले भोग्न परिरहेका समस्याहरू र आवश्यकताहरूलाई सम्बोधन गर्ने प्रयास गरियो। भ्रमण टोलीले निर्माणाधीन जीपीयू भवनको पनि निरीक्षण गरेको बताइएको छ। नाम्बु सिन्द्राबुङ ग्राम पञ्चायत युनिटले भ्रमण टोलीप्रति यस पहलको निम्ति कृतज्ञता व्यक्त गरेको छ।