बुधवारे सरस्वती बाल विद्यालयको समन्वय बैठक सम्पन्न

n639510807173178107137485c30c3899c875f131674242ab9cadf96ed97309900c39cee7c777a9b9bac37c

गान्तोक: सरस्वती बाल विद्यालयको समन्वय बैठक आज विद्यालय परिसरमा सम्पन्न भयो। यस बैठकमा विद्यालय सञ्चालन समितिका पदाधिकारीहरू, अभिभावकगण र शिक्षकहरू उपस्थित थिए।बैठकमा आगामी वार्षिक परीक्षा, आगामी वर्ष २०२५को लागि योजना आदि विषयहरूमाथि सकारात्मक चर्चा भएको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्। बैठकमा उपस्थित सबैले सक्रिय सहभागिता जनाउॅंदै आफ्ना सुझाउहरू दिएको बताइएको छ।
विद्या भारती सिक्किमको वार्षिक परीक्षा २५ नोभेम्बरदेखि शुरू भइरहेको छ। कक्षा ३ देखि ५ सम्मका लागि गुणस्तरीय प्रश्नपत्र विद्या भारती सिक्किमको शैक्षिक परिषदले तयार गरेर विद्यालयहरूमा पठाउने गर्दछ। परीक्षालाई लिएर रुटीन, परीक्षा नियम नीति आदि पनि विद्या भारती सिक्किमको शैक्षिक परिषदले नै तय गर्ने गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement