राजधानीमा राष्ट्रिय प्रेस दिवस पालन

IMG-20241116-WA0223

पत्रकार बब्बु तामाङ वाईएन भण्डारी स्मृति पुरस्कारले पुरस्कृत

गान्तोक: सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागको तत्वावधानमा राजधानीको मनन केन्द्रमा आज राष्ट्रिय प्रेस दिवस पालन गरियो। यस अवसरमा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
कार्यक्रममा आईपीआर विभागका अधिकारीहरूलाई प्रशंसा पत्रद्वारा सम्मान जनाइयो। यसपछि मुख्यमन्त्रीको बाहुलीद्वारा मुख्यमन्त्री पुरस्कार विभिन्न पत्रकारहरूलाई प्रदान गरियो। जसमा इस्ट मोजोका संवाददाता पंकज ढुङ्गेललाई क्लाईमेट चेन्जमाथि रिपोर्टिङ, अनुगामिनीका संवाददाता दिपक गुरूङलाई मानव अधिकारमाथि रिपोर्टिङ र सम्मिट टाइम्सका पत्रकार रेमण्ड लेप्चालाई महिला मुद्दामाथि रिपोर्टिङको निम्ति मुख्यमन्त्री पुरस्कारले पुरस्कृत गरियो।कार्यक्रमको आकर्षण वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार रहेको थियो। राज्यका एक वरिष्ठ पत्रकार बब्बु तामाङलाई सो पुरस्कार प्रदान गरियो। मुख्यमन्त्रीद्वारा पत्रकार तामाङलाई दोसल्ला, स्मृति चिन्ह र नगद पुरस्कारद्वारा पुरस्कृत गरियो।

About Author

Advertisement