महिना दिनबादमा मृत अवस्थामा भेट्टाइयो प्रवेश राईको मृतदेह

IMG-20241116-WA0216

कालेबुङ: कालेबुङको लाभा-गितबियोग ग्राम पंचायत अन्तर्गत लोवर पासाबोङ निवासी ददिराम राइ (खालिङ) को कान्छा छोरा प्रवेश राई खालिङ बिगत १५/१०/२०२४ देखि निखोज थिए ।आज २७ माइल डेमबाट उनको मृतदेह फेला परेको जानकारी मोहन निरौलाले दिएका छन्। ज्ञात रहोस् प्रवेश राइ बिगत केही महिना अघिदेखि सिक्किमको लोवर मामरिङ-रम्फु जिल्ला-नाम्ची मा अवस्थित एउटा निजी कम्पनीमा काम गर्दै आइरहेका थिए। आज २७ माइल डेमका कर्मचारीगण रम्बी थानाका पुलिस दलको सतप्रयासमा महिना दिनपछि उनको मृतदेह फेला परेको छ।पुलिसले मृतदेह उत्तर बङ्गाल मेडिकल कलेजमा पोष्टमार्टमको लागि पठाएको छ।

About Author

Advertisement