अन्तर्राष्ट्रिय जैव अर्थव्यवस्था सम्मेलनमा परम्परागत चिकित्सालाई प्रमुखता

IMG-20241116-WA0222

गान्तोक: सोसाइटी फर एथनोफार्माकोलजीको ११औँ अधिवेशन तथा जैव स्रोतहरूबाट जैव अर्थव्यवस्थाः विकसित भारतको लागि पूर्वोत्तरका पारम्परिक स्रोतहरूलाई बढ़ावा’ दिने विषयमाथि अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन पारम्परिक चिकित्सकहरूको बैठक आयोजन गरियो। जसमा सिक्किम र अन्य राज्यका ४० जना परम्परागत चिकित्सकहरूले जैव अर्थव्यवस्थाको विकासका लागि जैव स्रोत र पारम्परिक ज्ञानलाई बढ़ावा दिनुपर्ने आफ्नो विशेषज्ञता साझा गरे। आईबीएसडीका निर्देशक प्रा. पुलक कुमार मुखर्जीले सोसाइटी फर अथनोफार्माकोलोजी, इण्डियाको सहयोगमा पूर्वोत्तर क्षेत्र (एनईआर) मा परम्परागत ज्ञान र जैव स्रोतहरूको दस्तावेजीकरणका लागि संस्थानको पहलमाथि प्रकाश पारे। उनले सोसाइटीबाट एसएफई-वार्षिक पुरस्कार प्राप्त गर्ने परम्परागत चिकित्सकहरूलाई पनि बधाई दिए। छत्तीसगढका पूर्व राज्यपाल शेखर दत्तले पारम्परिक चिकित्सकहरूको बैठक आयोजना गरेकोमा आईबीएसडी टोलीको प्रशंसा गर्नुका साथै परम्परागत ज्ञानको दस्तावेजीकरणको महत्त्वमाथि जोड दिँदै यस जानकारीलाई भारत सरकारको टीकेडीएल पोर्टलमा एकत्रित गर्न प्रोत्साहित गरे। सोसाइटी फर एथनोफार्माकोलोजीका उपाध्यक्ष डा. सीके कटियारले भारतभरिका परम्परागत चिकित्सकहरूलाई जोड्नका लागि सोसाइटीका पहलहरूलाई प्रकास पारे। नमूनाहरूको प्रशोधन गर्नका लागि तालिम प्रदान गर्न परम्परागत चिकित्सकहरूलाई उद्योगहरूसँग जोड्ने योजनाको घोषणा गरे। सिक्किम सरकारको वन विभागका निर्देशक तथा एसएमपीबीका मुख्य कार्यकारी सुरज ठटालले विकसित भारतका लागि परम्परागत ज्ञानलाई बढ़ावा दिन सोसाइटीका प्रयासहरूको सराहना गर्दै पारम्परिक चिकित्सकहरूद्वारा सामाजिक लाभ र जीविकोपार्जनको लागि उपभोग गरिने विभिन्न जैव स्रोतहरूमाथि प्रकाश पारे। सम्मेलनले परम्परागत चिकित्सकहरूलाई भारत र विदेशका वैज्ञानिक अनि उद्योग विशेषज्ञहरूसँग आफ्ना विचार साझा गर्न एक मञ्च प्रदान गर्योर। जुन जैव अर्थव्यवस्थाको विकासलाई बढ़ावा दिन र परम्परागत ज्ञानको संरक्षण गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो। उल्लेखनीय छ, विकसित भारतको लागि जैव स्रोतहरूबाट जैव अर्थव्यवस्थामाथि अन्तर्राष्ट्रिय सम्मेलनले जैव अर्थव्यवस्थाको विकासलाई बढ़ावा दिने र परम्परागत ज्ञानको संरक्षण गर्नका लागि भारत र १५ देशहरूबाट ४०० भन्दा अधिक प्रतिनिधिहरूलाई एक साथ ल्यायो। प्रख्यात विशेषज्ञहरूले परम्परागत चिकित्सा, औषधीय वनस्पति, एथनोफार्माकोलजी र दिगो विकाससहित जैव स्रोतका विभिन्न पक्षहरूमा अन्तर्दृष्टि साझा गरे। सम्मेलनमा उद्योग साझेदारी, युवा शोधकर्ता पुरस्कार र पोस्टर प्रस्तुति साथै प्यानल चर्चा र वैज्ञानिक व्याख्यानमाथि सत्रहरू प्रस्तुत गरिएका थिए। सिक्किममा यो अन्तर्राष्ट्रिय सम्मेलन जैव स्रोत र दिगो विकास संस्थान (आईबीएसडी), सोसाइटी फर एथनोफार्माकोलोजी, भारत, राज्य औषधीय वनस्पति बोर्ड, सिक्किम र क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थान, सिक्किमले संयुक्त रूपमा आयोजना गरेको थियो। सिक्किममा यस्तो कार्यक्रम पहिलो पटक भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement