सोरेङ जिल्लामा राष्ट्रव्यापी सूचना, शिक्षा तथा सञ्चार अभियान शुरु

IMG-20241116-WA0220

गान्तोक: सोरेङ जिल्ला प्रशासनले जिल्लामा राष्ट्रव्यापी सूचना, शिक्षा तथा सञ्चार अभियान शुरु गऱ्यो। उक्त देशव्यापी अभियानको लक्ष्य धरती आबा जनजाति ग्राम उत्कर्ष अभियानबारेमा जागरूकता सिर्जना गर्नु रहेको छ। यसअन्तर्गत देशभरिका आदिवासी समुदायहरूको समग्र विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा कार्यक्रममा जिल्ला पञ्चायत उपाध्यक्ष सीबी कामी मुख्य अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रमको शुरुमा जिल्ला प्रशासन केन्द्र परिसरमा राखिएको स्वास्थ्य शिविर, जनजाति आधार कार्ड शिविर र जनजाति हस्तशिल्प शिविर लगायतका स्टलहरुको अवलोकनबाट भएको थियो। आफ्नो सम्बोधनमा जिल्लापाल धिरज सुवेदीले भारतीय आदिवासी स्वतन्त्रता अभियन्ता बिरसा मुन्डाको बारेमा जानकारी दिए। १५०औं जयन्तीको रूपमा आयोजित कार्यक्रमबारे उल्लेख गर्दै आदिवासी समुदायको सामाजिक आर्थिक अवस्थाको उत्थान र जनजाति समुदायको समग्र कल्याणका लागि गरिएका केही पहलहरूबारे प्रकाश पारे। त्यसपछि उनले सम्बन्धित विभागलाई आईईसी क्याम्पमार्फत जागरुकता गराउने आग्रह गरे। साथै, सम्बन्धित विभागहरूलाई विभिन्न योजनाहरूबारेमा उचित जानकारी गराउनुपर्ने सल्लाह दिए। कार्यक्रममा लाभार्थीहरुलाई आधार कार्ड र जनजाति प्रमाणपत्र वितरण गरियो। कार्यक्रममा जिल्ला पञ्चायत सदस्यहरू, पञ्चायत सदस्यहरू, अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी, ग्राम विकास अधिकारीहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा झुसिङथाङका कलाकारहरुद्वाकरा लिम्बू नृत्य, तामाङ सेलो र च्याब्रुङ नृत्य जस्ता परम्परागत नृत्यहरू प्रस्तुत गगरिएको थियो। यसअघि कार्यक्रममा कल्याण अधिकारी प्रतिभा तामाङले कार्यक्रमबारे जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement