गान्तोक: गेजिङ जिल्लाको खण्ड प्रशासनिक केन्द्रका टोलीलाई नेतृत्व गर्दै खण्ड विकास अधिकारी र सहायक निर्देशकले हिजो नाम्बु सिन्द्राबुङ ग्राम पञ्चायत यूनिटको सरकारको प्रशासन आँगनमा भन्ने कार्यक्रम अन्तर्गत निरीक्षण गऱ्यो। निरीक्षणको क्रममा विशेष गरेर दुर्गम क्षेत्रका मानिसहरूले भोग्न परिरहेको समस्या र आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले छेङथाङ, छोङग्री, साङखोला, पाराम, रिम्बिक, नाम्बु र लुङगाङका समस्याबारे जानकारी लिएको छ। विशेष गरेर दुर्गम स्थानका बासिन्दाहरूले अत्यावश्यक प्रशासनिक सेवाहरूका लागि गेजिङ जिल्लाको बीएसी कार्यालयमा जानुपर्ने बाध्यता रहेको र जाने क्रममा धेरै चुनौतीहरूको सामना गर्दै आइरहेको समस्यालाई मध्यनजर राख्दै सरकारले सोही क्षेत्रमा जीपीयू भवन निर्माण गरिरहेको छ। आज उक्त टोलीले स्थानीयहरूसँदै निर्माणधीन भवनको निरीक्षण गरे। यस भवनको निर्माण कार्य पुरा भएपछि स्थानीयहरू सरकारी कार्यको निम्ति गेजिङ कार्यालय पुग्नु पर्नेछैन।











