गान्तोक: पाकिम जिल्ला अन्तर्गत आरिटारको लामपोखरी झील परिसरमा आजदेखि दुई दिवसीय साहित्य महोत्सव शुरू भयो। यस कार्यक्रमको उद्घाटन मन्त्री पुरण गुरूङले गरेका हुन्। साहित्य महोत्सवलाई आकर्षित तुल्याउनको निम्ति साहित्यिक अनि कलाप्रतिभाहरूलाई लिएर कार्यक्रम आयोजना गरियो। आजको पहिलो दिनको कार्यक्रममा कृषि एवं वागवाणी विभागका मन्त्री पुरण गुरूङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा क्षेत्र विधायक पामिन लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। नशामुक्त भारत,नशामुक्त सिक्किम र बेटी बचाऔ बेची पढाऔ थिममा आयोजित यस कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले नुक्क़ड नाटक मञ्चन गरेका थिए। सोही प्रकारले पुनम शर्मा र शाकल देवानले कथा सुनाएर दर्शकहरूको ध्यान आकर्षित गरेका थिए। कार्यक्रममा सहभागीहरूलाई पुरस्कार प्रदान गरियो, जसमा संक्रान्तिकाल प्रतियोगितामा छुजाचेन सरकारी माध्यमिक विद्यालयकी केजिया प्रधान प्रथम भएकी छन् भने सोही विद्यालयकी सुरभी शर्मा दोस्रो बनिन्। यसै गरि नुक्कड नाटक प्रतियोगितामा नाम्चेबुङ वरिष्ठ विद्यालयले प्रथम स्थान ओगटन सफल बन्यो भने डिकलिङ वरिष्ठ विद्यालय दोस्रो बन्यो।