जापानको शैक्षिक भ्रमण पूरा गरी सिक्किम फर्किँदै विद्यार्थी

IMG-20241116-WA0217

गान्तोक: गत १० देखि १६ नोभेम्बरसम्म जापानमा आयोजित साकुरा विज्ञान कार्यक्रममा भाग लिएर सिक्किमका विद्यार्थीहरू र अन्य राज्यका आफ्ना समकक्षीहरू आज दिल्ली आइपुगेका छन्। यस समृद्ध कार्यक्रममा विद्यार्थीहरूले जापानका विभिन्न स्थानहरूको भ्रमण गर्नका साथै प्रख्यात विश्वविद्यालयका प्रख्यात विद्वानहरू, वैज्ञानिकहरू र प्राध्यापकहरूसँग अर्थपूर्ण अन्तर्किया गरे। प्रतिनिधिमण्डलले कोशिग्याकिता हाई स्कूल जस्ता संस्थाहरूको भ्रमण गर्दै आफ्ना जापानी समकक्षीहरूसँग ज्ञान आदानप्रदान गर्ने अद्वितीय अनुभव प्राप्त गरेका छन्। यसैगरी टोकियो विश्वविद्यालय र साइतामा विश्वविद्यालय जस्ता प्रतिष्ठित विश्वविद्यालयहरूको पनि उनीहरूले भ्रमण गरेका छन्। सप्ताहव्यापी यस कार्यक्रमले उनीहरूलाई अमूल्य अनुभवहरू प्रदान गर्नका साथै सांस्कृतिक आदानप्रदान र शैक्षिक विकासलाई बढावा दिएको छ। पर्यवेक्षक सहित सिक्किमका विद्यार्थीहरूले यस उल्लेखनीय अवसरलाई सहजीकरण गरेकोमा भारत सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

उनीहरूले निरन्तर सहयोग र प्रोत्साहनको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक धन्यवाद प्रकट गरेका छन्। प्रस्थान गर्नुअघि विद्यार्थीहरूले मुख्यमन्त्रीलाई भेट्ने सुअवसर पाएका थिए, जुन क्षणलाई उनीहरूले वास्तवमै प्रेरणादायी भनी वर्णन गरेका छन् जसले उनीहरूको अविस्मरणीय यात्राको सही सुरुवात गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement