औंलीको चोटले शुभमन गिल अष्ट्रेलियाविरुद्ध पहिलो टेस्टमा अनिश्चित

IMG-20241116-WA0215

पर्थ: अष्ट्रेलिया यात्रामा रहने भारतीय क्रिकेट टीमको शीर्ष क्रमका ब्याटर शुभमन गिलको देब्रे हातको बुड़ी औंलीमा चोट लागेको छ। यस चोटले गर्दा उनी बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजअन्तर्गत अष्ट्रेलियाविरुद्ध २२ नोभेम्बरदेखि पर्थमा शुरु हुने पहिलो टेस्ट म्याचमा अनिश्चित बन्न पुगेका छन्। अष्ट्रेलियाविरुद्ध गत बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजमा भारतको जीतमा गिलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसपाली उनको चोटले टीमलाई ठूलो धक्का लागेको छ कारण कप्तान रोहित शर्मा पहिलो टेस्टबाट बाहिर रहे भारतको शीर्ष क्रम निश्चित रूपले कमजोर हुनेछ। खेलाड़ीहरूलाई दुई टीममा बाँड़ेर खेलिएको अभ्यास म्याचको दोस्रो दिन फील्डिंग गर्दा गिललाई चोट लाग्यो। चोट लागेपछि गिललाई तुरन्तै स्क्यानको निम्ति अस्पताल लगियो। सूत्रबाट थाहालागे अनुसार, गिलको औंलीमा फ्र्याक्चर पाइएको छ अनि पहिलो टेस्ट शुरु हुन एक हप्ताभन्दा कम्ती समय बाँचेको छ। यसैकारण दाहिने हातका यस ब्याटरको निम्ति पहिलो टेस्ट म्याचसम्म फिट हुनु लगभग असम्भव लागिरहेको छ कारण चोट निको हुन साधारण १४-१५ दिन समय लाग्ने गर्छ। त्यसपछि मात्र खेलाड़ी नेट सत्रमा ओर्लिन सक्छन्। पहिलो टेस्टबाट बाहिर भए पनि गिलले ६ दिसम्बरदेखि शुरु हुने दोस्रो टेस्ट म्याचमा खेल्ने सम्भावना रहनेछ।

About Author

Advertisement