एनजेपी स्टेशनमा रंगेहात पक्राउ परे दुई युवक

IMG-20240717-WA0001

सिलगढी: आज एनजेपी स्टेशनमा यात्रुहरूको ब्यागबाट मोबाइल फोन र रूपियाँ चोरी गर्दै गरेको समय दुई जना चोरलाई रंगेहात पक्रेर पुलिसलाई सूम्पीदिएजो छ।जानकारी अनुसार, दुवै आरोपीले एउटा यात्रुको ब्याग काटेर त्यसमा रहेको मोबाइल फोन र रूपियाँ चोरी गर्दै थिए। त्यही समय उनीहरू रंगेहात पक्रा परे। घटनापछि एनजेपी ट्राफिक गार्ड पुलिस घटनास्थलमा पुगे अनि एनजेपी थानामा सूचित गरे। त्यसपछि पुलिस घटनास्थलमा पुगेर दुवै आरोपीलाई पक्राउ गरेर थानामा लगे।पक्रा परेका आरोपीहरूको नाम गौरव राय र कृष्णा दे रहेको छ भने उनीहरू क्रमशः जलपाईगढी र कोचबिहार निवासी हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement