चिया बगान नोक्सानमा छ कि छैन अब सरकारले जाँच गर्ने भएको छ: डीके गुरूङ

IMG-20241116-WA0203

दार्जिलिङ: चिया बगानको मालिकहरूले बीस प्रतिशत पूजा बोनस दिनु नसक्ने आफ्नो अडान पुनः दोहोराएपछि सरकारले चिया बगानहरूको नाफा, नोक्सानहरूको जाँच गर्ने भएको छ भनी हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको संस्थापक अध्यक्ष डीके गुरूङले जानकारी गराएका छन्। पहाडको चिया बगान श्रमिकहरूको बीस प्रतिशत पूजा बोनसको मांगको विषयमाथि आज सिलगढीको डागापूरस्थित श्रमिक भवनमा सरकारले त्रिपक्षीय बैठक डाकेको थियो।आयोजित बैठकमा मालिक पक्षहरूले विभिन्न प्रकारको विषयहरूसंग संगै बगान नोक्सान रहेको बताउँदै आफुहरूले बीस प्रतिशत पूजा बोनस दिनु नसक्ने पूरानै अडान दोहोराए। मालिकहरूको यस्तो अडानलाई हामीले जोडदारसंग विरोध जनायौं भनी बताएका छन्। उनले यस विषयमा भने, ‘सरकारले हाम्रो विरोधको कदर गर्दै पहाडको प्रत्येक चिया बगानहरूमा गएर बगानको हिसाब किताव जाँच गर्ने बैठकमा स्पष्ट भएको छ।बगानहरूको हिसाब किताव सबै थोक जाँच गरेपछि बीस प्रतिशत पूजा बोनस दिनु सक्छ कि सक्दैन भन्ने विषयमाथि पुनः बैठक बोलाउने सरकारले हामीलाई वचन दिनु भएको छ।’ आजको बैठकमा राज्यको श्रम मंत्री मलय घटक, अतिरिक्त श्रम विभागीय अधिकारी लगायत अन्य विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement