मिरिक: गाेर्खा जनमुक्ति माेर्चा मिरिक महकुमा समितिकाे सांगठनिक सभा गाेजमुमाे अध्यक्ष बिमल गुरूङकाे उपस्थितिमा अाज गाेजमुमाे मिरिक महकुमा समिति अध्यक्ष रूपेस राईकाे अध्यक्षतामा सम्पन्न भयाे। भूतपूर्व सभासद दिपेन मालेले सञ्चालन गरेकाे सभामा गाेजमुमाे केन्द्रीय महासचिव राेशन गिरी, उपाध्यक्ष आरपी वाइबा, मिरिक युवा माेर्चा संयाेजक याेगेस गाेले, सुकना पानीघट्टा समष्टि अध्यक्ष रमेस श्रेष्ठ, नारी माेर्चा केन्द्रीय सह सचिव ललिता छेत्र, माेर्चा नेताहरू पुनम तामाङ, बीरेन तामाङ, विकास खड्का लगायत मिरिक महकुमा अन्तर्गत चारवटा समष्टिका नारी, युवा अनि भातृ संगठनका पदाधिकारीहरू उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गाेजमुमाे अध्यक्ष बिमल गुरूङले सभामा सांगठनिक गतिविधिबारे व्यापक चर्चा भएकाे जानकारी गराउँदै केही दिन अघि केही दिनहरूकाे भ्रमणमा मिरिक आउने बताए।उनले गाेजमुमाेले आगामी नगरपालिका चुनाउबारे पनि सभामा चर्चा भएकाे जानकारी गराउँदै नगरपालिका चुनाउमा हामी जानेछाैं तर कसरी जाने भन्ने कुराेकाे खुलासा समय आएपछि गरिनेछ भने।