इम्फाल: मणिपुरमा बढ्दो तनावका बीच राजधानी इम्फालमा शनिबार कर्फ्यू लगाइएको छ। राज्य सरकारले मणिपुरका सात जिल्लामा इन्टरनेट बन्द गर्न आदेश दिएको छ। मणिपुरको जिरिबामबाट हराएका ६ मध्ये तीन जनाको शव सोमबार जिल्लाको जिरी नदीमा तैरिएको भेटेपछि मणिपुर सरकारले इम्फालमा कर्फ्यू लगाउने निर्णय गरेको छ। मणिपुर सरकारले इम्फाल पश्चिम, इम्फाल पूर्व, विष्णुपुर, थौबल, कक्चिङ, काङ्पोकपो र चुराचन्दपुर जिल्लामा इन्टरनेट बन्द गर्ने आदेश दिएको छ।