खरसाङ: साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्या, गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा एंव वरिष्ठ समाजसेवी, साहित्यकार, संस्कृतिविद आशा मुखिया लामाद्वारा खरसाङ महकुमा अन्तर्गत सिटोङमा अवस्थित तितस लेप्चा स्मृति पुस्तकालयको भ्रमण निरीक्षण गरेकी छन्। उनले सर्जक एंव प्रकाशक सञ्जीव छेत्रीको माध्यमबाट सिटोङ पुगेर उक्त पुस्तकालयको भ्रमण गरेकी हुन्। उनले पुस्तकालयमा पुगेर केही समय बिताएर केही पुस्तकहरू अध्ययन पनि गरेकी थिइन्। यसको साथै स्व तितस लेप्चाकी पत्नी लेखिका सन्ध्या आचार्य, पुस्तकालयको सभापति बिनिता छेत्री, कोषाध्यक्ष फानस लेप्चा, कार्यकारी सदस्या सुशिला राई लगायत अन्यहरूसित भेटघाट पनि गरेका छन्। उनीसित उनका पति पारस लामा, छोरी डा अम्बिका लामा पनि उपस्थित रहेका थिए।

यस अवसरमा उनले आफ्ना कृतिहरू क्रमैले ‘रहर अक्षर’, गाड़धन, ‘चिसो मरूभूमितिर’ साथै उनीद्वारा सम्पादित ‘संस्कृति विशेषाङ्क,’ ‘गोर्खा साहित्य र संस्कृति प्रदान गरेका छन्।

यसको साथै पूर्व विद्यार्थी संगठन रामकृष्ण खरसाङको तर्फबाट प्रदान गरिएको पुस्तक’ शान्ति प्रधान अभिनन्दन ग्रन्थ’ लगायत अन्य पुस्तकहरू पनि पुस्कालयलाई उपहार दिएका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै आशा मुखिया लामाले खुशी व्यक्त गर्दै पुस्कालय मन्दिर रहेको बताइन्। उनले पुस्तकालय र पुस्कालय सञ्चालन समितिको सराहना गरेकी थिइन्।

उनले सिटोङको रमणीय पर्यटकीय स्थलमा तितस लेप्चा स्मृति पुस्तकालयको स्थापनाले अझ राम्रो माहोल बनेको बताउँदै आफ्नो पतिको स्मरणमा पुस्तकालय स्थापना गरेर राम्रो काम गरेको बताउँदै पुस्कालय सञ्चालन समितिको सराहना गरेकी छन्।