पोयट आईडलको विजेता सिक्किमका कवि सिमियोन सुकिता राईलाई सिटोङमा सम्मान

IMG-20241116-WA0179

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङमा नेपालमा आयोजित पोयट आईडल सिजन दुईको विजेता सिक्किमका कवि सिमियोन सुकिता राईलाई सम्मान जनाइएको छ। सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँमा अवस्थित तितस लेप्चा स्मृति पुस्तकालयमा कवि सिमियोन सुकिता राईलाई नेपालमा आयोजित पोयट आईडल सिजन दुईको विजेता बनेकोमा सम्मान जनाइएको छ। यस अवसरमा उनलाई तितस लेप्चा स्मृति पुस्तकालयको सभापति एंव कार्यक्रमको अध्यक्ष बिनिता छेत्री र कार्यक्रमको प्रमुख अतिथि साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्या आशा मुखिया लामाको बाहुलीबाट खदार्पणसहित शल ओढ़ाएर साथै स्मृति चिन्ह्र प्रदान गरेर सम्मान जनाइएको छ। सञ्जीव छेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रममा पुस्ताकालयकी प्रमुख सन्ध्या आचार्यले वक्तव्य राखेका थिए। यस अवसरमा पोयट आईडलको विजेता सिक्किमका कवि सिमियोन सुकिता राईले कविताहरू र गजल पनि पठन गरेर माहोल साहित्यिकमय बनाएका थिए। कवि सिमियोन सुकिता राईले पहिलेबाटै तीनवटा कृतिहरू प्रकाशित गरिसकेका छन्। उनको प्रेम कविता संग्रह ‘जानेहरू’ (२०२१) र कविता संग्रह ‘चुपचाप छौं तिमी’ (२०२१) प्रकाशित छन्। त्यसरी नै गजल संग्रह ‘पिरतीमा लगानी’ (२०२३) प्रकाशित छन्। उनको नेपाल आईडलको मञ्चबाट कविता संग्रह प्रकाशोन्मुख रहेका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै कवि सिमियोन सुकिता राईले तितस लेप्चा स्मृति पुस्तकालय सिटोङ र सबैलाई धन्यवाद दिएका छन्। उनले पोयट आईडलमा पुगेपछि आफुले कविता लेखनमा धेरै कुराहरू सिक्न पाएको बताउँदै पोयट आईडलमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। कवि सुकिताले आईडलमा हुँदा खरसाङ, सिटोङ क्षेत्रबाट पनि सहयोग प्राप्त भएको बताउँदै सबैलाई धन्यवाद दिएका छन्। कवि सुकिताले हालमा कविता लेखन, अध्ययन र कार्यक्रमतिर व्यस्त रहेको बताउँदै केही समयमा कविता र गजल संग्रह प्रकाशित गर्ने र लगातार कविता लेखनमा लागि परेको बताएका छन्। उनले कविता लेखन र कविता अध्ययनमा निरन्तर लागि पर्ने आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement