चिया बगानको नालामा खसेर हात्तीको बच्चाको मृत्यु

IMG-20241116-WA0169-copy

जलपाईगढी: बानरहाट ब्लकको करबला चिया बगान खण्ड १२४ मा नालामा खसेर हात्तीको बच्चाको मृत्यु भयो। यो घटना शनिबार बिहान भएको हो। आमा हात्तीले नालाबाट बच्चालाई निकाल्ने प्रयास गरेकी थिइन्, तर सफल हुन सकिनन्। अन्ततः सबै आक्रोश वन विभागको गाडीमा पोखियो। हात्तीले गाडी तोडफोड गर्‍यो। यस घटनापछि क्षेत्रका बासिन्दा त्रसित बने। त्यहाँ उपस्थित वन कर्मचारीहरूका साथै सर्वसाधारणलाई पनि उक्त स्थानबाट टाढा रहन सल्लाह दिइएको छ। बानरहाट रेञ्जका अधिकारीहरू र बिन्नागढी वन्यजन्तु विङ्गका अधिकारीहरू घटनास्थलमा पुगे। हात्तीको बच्चाको शव बरामद गर्न वन कर्मचारीहरूले प्रयास गरे। तर आमा हात्ती नजिकै भएकाले शवसम्म पुग्न सकेका छैनन्। यसैबीच, घटनाको सम्बन्धमा एडीएफओ गोरुमारा वाइल्डलाइफका राजीव डेले भने, ‘आमा हात्ती बच्चाको शवसँगै छिन् र वन विभागको गाडीलाई पनि ठक्कर दिइरहेकी छिन्। यस्तो अवस्थामा केही गर्न सकिएको छैन। मृत हात्तीको बच्चाको शवलाई सुरक्षित निकाल्न पर्खनु पर्नेछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement