पान बजारका ओसी निलम्बित

IMG-20240717-WA0003

गुवाहाटी(असम): गुवाहाटीको पानबजार थानाका थाना प्रभारी भार्गव बरबोरालाई बाटोमा डिलीभरी ब्वोयमाथि कुटपिट गरेको आरोपमा राज्यका डीजीपी जीपी सिंहको आदेशमा तत्काल निलम्बित गरेको छ।प्राप्त जानकारी अनुसार पान बजार थाना क्षेत्रको जेल रोड इलाकामा नाका जाँच अवधि गए शुक्रवार अबेर साँझ एकजना युवकले सिग्नल फलो नगरेकोमा थाना प्रभारीले युवकमाथि कुटपिट गरे जसको भीडियो सोशल मीडियामा भायरल भएपछि तत्काल डीजीपीद्वारा पान बजारको ओसी सब इन्स्पेक्टर भार्गव बरबोरालाई औपचारिक जाँच पूरा नहुञ्जेलसम्म निलम्बित गरिएको छ।थाना प्रभारीले कुटपिट गरेका युवकको पहिचान कटन कलेजका पूर्व छात्र ज्ञानदीप हजारिकाको रूपमा गरिएको छ। २१ वर्षीय ज्ञानदीपले कटन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकतो डिग्री पूरा गरेका थिए। आर्थिक अभावको कारणले तिनले डिलीभरी ब्वोयकोरूपमा काम गर्दै आइरहेका छन्। तिनले मीडिया समक्ष पुलिसको सिग्नललाई नमानेको कुरा स्वीकारेका छन्। डीजीपीले गुवाहाटी पुलिस कमिश्नरलाई पानबजार थानामा अन्य ओसीलाई बहाली गर्ने अदेश दिएको छ। यस घटनालाई लिएर विभिन्न दल-संगठनहरूद्वारा कड़ा निन्दा व्यक्त गर्दै उचित जाँचको माग गरिएको छ भने कटन कजेलका विद्यार्थीहरूले शनिवार १२ बजी माफी माग्नुपर्ने माग राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement