सिलगढी: पुष्पा छेत्री नामकी युवतीको शव फेला परेपछि भक्तिनगर पुलिस चौकीले घटनाको अनुसन्धान थालेको छ। ती युवतीको हत्या भएको आरोप उठेको छ। भक्तिनगर पुलिस चौकीले विभिन्न स्रोत प्रयोग गरी दोषीको पहिचान गर्ने प्रयास गरेको थियो। अन्तत: दुई जनालाई पक्राउ गर्न पुलिस सफल भएको छ। दुवैलाई भक्तिनगर पुलिसले शुक्रबार पक्राउ गरेको छ। पक्राउ परेका आरोपीहरूलाई शनिबार जलपाईगढी अदालतमा पठाइएको छ। केही दिनअघि भाडाको घरबाट ती युवतीको शव भेटिएको थियो। यो घटनाले सिलगढी शहरमा निकै सनसनी मच्चिएको थियो।