४०औं गवर्नर्स गोल्ड कपः गोकुलम केरल फूटबल क्लब सेमिफाइनलमा पुग्न सफल

IMG-20241116-WA0171

गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा शनिवार गोकुलम केरल फूटबल क्लबले आफ्नो विजयाभियान जारी राख्दै सेमिफाइनलमा स्थान प्रवेश गऱ्यो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा गोकुलम केरल फूटबल क्लबले ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान)-विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट अब्दु रुमालाले ८०औं र बिनिन बोबानले ८९औं मिनटमा गरे। यसरी भूटानको टीमबाट कुंगा वांगचुकले ५८औं मिनटमा पेनल्टीबाट १ गोल गरे। चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा ६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। यसमा चारवटा विदेशी टीम- ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान), रोयल फूटबल क्लब (यूएई), केडीएन एफसी (मलेशिया) र चर्च बोयज युनाइटेड (नेपाल) सामेल छन्। यसको साथमा सिक्किम पुलिस एफटी, कालीघाट एमएस, आर्मी (रेड), खावज्वाल भेंगथार एफसी (मिजोरम), जीटीए इलेभेन (दार्जीलिङ), गान्तोक हिमालयन फूटबल क्लब (सिक्किम), पञ्जाब पुलिस एफटी, चेन्नईयन एफसी (आर), गोकुलम केरला एफसी, नर्थईष्ट युनाइटेड एफसी (आर), सुदेवा एफसी (दिल्ली) र डायमण्ड हार्बर एफसी-को टीम सामेल छन्। फाइनल २४ नोभेम्बरमा खेलिनेछ।
भोलिको म्याच (दोस्रो क्वार्टर फाइनल): गान्तोक हिमायलन स्पोर्टिंग क्लब बनाम केडीएन एफसी (मलेशिया)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement