मोरङको पथरीमा टिपरले ठक्कर दिदा दुई जना ठहरै

IMG-20241116-WA0167

बिराट चौक: मोरङको पथरीशनिश्चरेमा मिक्स गिट्टी बोकेको टिपरको ठक्कर दिदा शनिबार दिउँसो दुई जनाको घटना स्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका-२ सुनझोडा पुलमा दिउँसो २ः३० बजेतिर सो दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक पथरीशनिश्चरे-७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे-२ का ४८ वर्षीय प्रितम गौतमकोपहिचान खुलेको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। शरीरका विभिन्न भागमा चोट लागेका मृतक दुवै जनाको मृत्यु भएको चिकित्सकले जनाएको हो।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। क्षतिग्रस्त मोटरसाइकल पनि प्रहरीकै नियन्त्रणमा छ।
उक्त टिपर निर्माणाधीन पूर्व-पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ। टिपरको तीव्र गतिमा भएको कारण दुर्घटना हुन गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement