
गीतहरूद्वारा जन जीवनलाई कार्यक्षेत्रमा प्रेरणा
संगीतमा सेवा-भक्ति, ईश्वर भक्तिमा उत्प्रेरित हुने र गराउने ठूलो शक्ति हुन्छ।बिहान बेलुकी गरिने प्रार्थनाहरूमा आफ्ना परम्परा र विरासद्का भक्ति गीतहरू गाएर तथा आफ्ना ईष्ट देव, पिता पुर्खा तथा तमाम देवी देऊताका नामहरू लिंदै लय र संगीतमा उनीहरूको नाम र लीला वा महिमाको बखान गर्ने चलन प्रायः सबै धर्ममा निहित छ। संगीत नभएर केवल ईशको केवल नाम र लीलाहरू मात्र उच्चारण एकोहोरो गरिरहँदा आफै र श्रोताहरूलाई झर्को लाग्नु जान्छ, कुनै पनि सार्वजनिक अनुष्ठानमा त पूजारीले श्रुतिमय र मधुरमय तरिका अपनाउनु सकेनन् भने मानिसहरू हाय काड्नु थाल्छन् र अनुष्ठान स्थल छोडेर जानु थाल्दछन्।

आज मन्दिर, चर्च, गुरुद्वारा, मस्जिद सबै धर्मका सार्वजनिक केन्द्रहरूमा एकाग्रताको साथ भजन गर्ने र ईश्वर, अल्लाहको नाम लिइन्छ, त्यसमा बाजा, हारमोनियम, अनेक बाध्ययन्त्रको प्रयोग गरेर भक्तहरूको भक्ति भाव जगाउने र एकाग्रता जमाउने प्रयास रहन्छ।इतिहासमा भजन गाएर वा भक्ति रसमा नै भिजेर धेरैले परम गति प्राप्त गरेको पनि उल्लेख पाइन्छ। यसरी नै सेनाहरूको जोशलाई बढाइरहनुको लागि तथा देश भक्तिमा ओतप्रोत भई देश सेवा गर्न तथा शत्रुहरूको आक्रमण रोक्न र देशको सुरक्षा गर्नका लागि गीत संगीतहरू सुनाइने तथा गाउनु लगाइने समेत प्रथा हुन्छ धेरै देशहरूमा। यसका साथै सेनाहरूलाई प्रंशसाका ऐतिहासिक गीतहरू भारतका महान कलाकारहरूले गाएर उनीहरूलाई सम्मान गरिएको छ, प्रेरणा भरिदिएको छ। लता मंगेशकरको स्वरबद्ध यो गीतलाई गुन्गुनाएर हेरौ त…
ए मेरे वदनके लोग, जरा आँख में भरले पानी ,
जो शहीद है उनका, जरा याद करो कुर्वानी, …
कोई सिख कोई जाट मराठा,
कोही गोर्खा कोई मदरासी, सरहद पर मरनेवाला,
हर वीर था भारतवासी।
यहाँ गोर्खाहरूलाई भारती वा भारतवासी भनेर पहिले नै सम्मान र श्रद्धाञ्जली मात्र होइन प्रमाणीकरण गरिने काम समेत भइसकेको छ गीतबाट। सुवासचन्द्र बोसका आजाद हिन्द फौजमा गोर्खाहरूले अंग्रेजलाई छोडेर सामेल भए।कप्तान रामसिंह थापा, एक गोर्खा सेनानीले आजाद हिन्द फौजको लागि संगीत भरे- सारै जहॉं से अच्छा, हिन्दुस्तान हमारा तथा अन्य देश भक्तिको गीत…कदम कदम से बडाए जा… चाहे पछिबाट यो इतिहासलाई मेटाइदिने नराम्रो प्रयास होस्, दस्तावेजले यो कुरालाई प्रमाण गरिसकेको छ।नेपालीमा खूबै प्रचलित देशभक्ति गीत-
यो नेपाली शिर उचाली, अन्धकारमा लम्किन्छ,
जून तारा झै ज्योति बाली, संसारमा लम्किन्छ। ( जुनकिरी शब्दलाई धेरै आलोचना हुँदा जून तारा झै शब्द लगाउनु यथोचित ठानेका छन् धेरै आलोचकहरूले विश्लेषण पछि)। अर्को प्रभावकारी नेपाली देशभक्ति गीत
-देशले रगत मागे बलि मलाई चडाउनू,
रुँदिनन् मेरी आमा, उ नेपाली कि छोरी,
रुदिनन् मेरी आमा, उ गोर्खा की छोरी।
गोपाल योञ्जनको यो गीतले तथा अन्य गीतहरूले नै देश र समाजलाई यसरी उचालेका हुन्छन्, उत्साह दिएका हुन्छन्।सेनालाई मात्र होइन जन साधारणलाई पनि उत्प्रेरणा दिने, प्रेरणाको स्रोत (motivating factor)-को रुपमा गीतलाई लिइएको छ- जस्तो महेन्द्र कपुर-को जहाँ डाली डाली पर सुन उग्ला, वो देश हमारा अनि नेपाली गीत – बनेको छ पहराले यो छाती मेरो…..म झुक्दै नझुक्ने नेपालीको छोरो….आदि। पुराना समयका कोइली देवी, तारा देवी, बच्चु कैलास प्रभृतिले नेपाली गायनलाई सम्हालेको थिए भने मध्य कालमा नारायण गोपाल, कुमार बस्नेत, अम्बर गुरुङ, दीप श्रेष्ठ आदिले विशेष नेपाली संस्कृतलाई अगाडी बढाएको थिय़ो।यस समयमा निर्माण भएको कैयन् नेपाली चलचित्रका गीतहरूले निश्चय नै नेपाली जन जीवनलाई असर गरेको छ प्रशस्त मात्रामा।
मनोरञ्जनको कुनै साधन नहुँदा नेपाली धुन संगीतमा नै रमाएर आफ्नो जीवनलाई रमाइलो बनाउने जमातमा नेपाली सांस्कृतिक गीत र नाचहरू खूबै प्रचलित रहेको थियो। मादल, बिनायो, बाँसुरी, मर्चुङगा, सारंगी, ढोल, ढ्याङरो, झ्याम्टा आदिसित नै विस्तारै हार्मोनियम, पियानो, भाइलिनले नेपाली संगीतलाई रमाइलो दिलाउनु थालेको थियो। मादले गीत, चुड्के गीत, सारंगीले नेपाली गीतहरूको भाकाले आफ्नो मौलिकता दर्शाएर नेपाली जन जीवनको मन जीत्न सफल बनेको थियो तथा उनीहरूको जीवनमा प्रभाव पार्नु थालेको थियो। पहाडको उकाली ओहोराली, देवराली, डाँडा, घुम्तीमा केही क्षण विश्राम गर्दै उनीहरूले गाउने गरेका थिए पहाडक्कै खोला, नदी झरनाबाट प्रेरणा लिएर।
बूढा मानिसहरूले समला र गाउँले नेपाली भाकामा गाउँका गीतहरूमा- वारि जमुना …पारि जमुना, जमुनाको फेदैमा मनोकामना…हाहै…..वारि जमुना पारि जमुना …. अर्को गीत- वारि खोला पारि खोला, बीचैमा पापी दोभान, बिर्सिजानेले बिर्सिहाले…किन रुन्छ मेरो यो मन…..लहै लरिबरी लहै, लहै लरिबरी लहै…
समला तालको मादलले गीत यति प्रसिद्ध भए कि बुडा मादलहरूले हिन्दी गीत पनि नेपाली समलामा ढालेर गाउँथ्यो-((सुन चम्पा सुन तारा, कोई जीता कोई हारा, अरे बडा मज्जा आये हाय सुनो मेरी बात झुमे नाचे गाए चलो आज सारी रात.) आ….हाहाहा, आहा…हा.हाहा, सुन चम्पा सुन तारा, कोई जीता कोई हारा, अरे बडा मज्जा आया…सुन चम्पा सुन तारा,ओहै लरी, ओहै, ओहै लरी बरी, ओहै। जुनै पनि कार्य क्षेत्र होस्, लगनतासित कार्य गर्दा गर्दै पनि थकान महसूस हुँदा गीत, संगीत सुन्नाले तथा गुन्गुनाउनाले मानिसलाई मस्तिष्कमा स्वतछ स्फूर्ति ल्याउँछ अनि अझ काम गर्ने जोश भर्दछ। हुन ता यस्तो सबैले आ-आफ्नो रुचीको कारणले अनुभव नगर्नु पनि सक्छ, तर धेरै जसो अवस्थामा यसले मानव त के प्राणी जगतलाई पनि प्रेरणा दिइऱहेकै हुन्छ। यसरी विभिन्न क्षेत्रमा र तहमा नेपाली जनजीवनमा संगीत, लोक लय तथा आधुनिक गीतहरूले प्रशस्त प्रभाव पारेको छ, यसैले संगीत, गीत कुनै पनि जातिको अमूल्य निधि र सभ्यताको परिचायक बनेको छ।(क्रमशः)