धुपझोडामा १० फिट लामो अजिंगर भेटियो

IMG-20241116-WA0147

जलपाईगढी: जलपाईगढी जिल्लाको दक्षिणी धुपझोडामा १० फिट लामो अजिंगर फेला परेको छ। धनखेतबाट १० फिट लामो अजिंगर फेला परेको छ। शनिबार बिहान मटेली ब्लकको दक्षिण धुपझोडाको कोएतपाडा क्षेत्रमा अजिंगर फेला परेको हो। आज स्थानीयले धान काट्ने क्रममा खेतमा अजिंगर देखे। उनीहरूले अजिंगरलाई बचाएर वनकर्मीलाई खबर गरे। धुपझोडा बीट अफिसका वन कर्मचारी आएर अजिंगरलाई लिएर गए। अजिंगरलाई स्वस्थ्य भएकाले सोही दिन गरुमारा जंगलमा छाडिएको वन विभाग स्रोतले जनाएको छ। यस क्षेत्रको छेउमा गरुमारा जंगल छ। कहिलेकाहीँ जंगली जनावरहरू जंगलबाट बाहिर निस्केर यस क्षेत्रमा सर्छन्। केही दिनअघि सो क्षेत्रसँगै रहेको बाटबारी छुपरीपारा क्षेत्रको धनखेतबाट अजिंगर फेला परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement