नक्सलबारी: नक्सलबारीमा तृणमूल छात्र परिषदको २४औँ स्थापना दिवस भव्य रुपमा पालन गरियो । नक्सलबारी कलेज तृणमूल छात्र परिषद्, विरसा मुन्डा तृणमूल छात्र परिषद र नक्सलबारी ब्लक २ तृणमूल छात्र परिषद-ले संयुक्त रूपमा नक्सलबारी कलेज अघि तृणमूल छात्र परिषदको स्थापना दिवस पालन गर्यो। तृणमूल छात्र परिषदका नेता तथा कार्यकर्ताहरूले आज पार्टीको झण्डा उत्तोलन गरेर स्थापना दिवस पालन गरे। तृणमूल छात्र परिषदका ब्लक उपाध्यक्ष मोहम्मद आरिफले बताए अनुसार नक्सलबारी कलेज अघि झण्डा उत्तोलन गरेर स्थापना दिवस पालन गरियो। भोलि विविध कार्यक्रमको माध्यमद्वारा स्थापना दिवस पालन गरिनेछ। यस अवसरमा सौरभ चक्रवर्ती, बिकी सिंह, फारहाद हुसेन चौधुरी लगायत अन्य उपस्थित थिए।










