जयगाउँमा एक व्यक्तिको मृतदेह फेला

IMG-20240717-WA0001

अलिपुरद्वार: भुटानको सीमा क्षेत्र जयगाउँ बारो मेचियाबस्तीमा रगतले लतपतिएको अवस्थामा एक व्यक्तिको लाश फेला परेपछि क्षेत्रमा सनसनी फैलिएको छ। मृत्यु हुने व्यक्तिको नाम सन्तवीर तामाङ रहेका छन्। उनी त्यस क्षेत्रको चर्चको पास्टर थिए। प्राप्त जानकारीका अनुसार बिहान घुम्न निस्किएका मानिसहरुले उक्त व्यक्तिको लाश खेतमा देखेका थिए। त्यसपछि घटनाको जानकारी मृतकका आफन्त र जयगाउँ पुलिसलाई दिइएको थियो। खबर प्राप्त हुने बित्तिकै जयगांव पुलिस घटनास्थलमा पुग्यो, लाश बरामद गरी पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाइएको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement