बक्सिंग रिंगमा २७ वर्षीय ज्याक पलविरुद्ध ५८ वर्षीय माइक टायसनको हार

IMG-20241116-WA0123

टेक्सास: विश्वका महानतम बक्सरहरूमा सामेल माइक टायसन लगभग दुई दशकपछि शनिवार पेशादार लड़ाइँको निम्ति रिंगमा ओर्लिए। यस हाई प्रोफाईल लड़ाइँमा ५८ वर्षीय टायसनको भिड़न्त २७ वर्षीय पूर्व सोशल मीडिया इन्फ्लूएन्सर तथा पेशादार बक्सर ज्याक पलसँग थियो। यस लड़ाइँमा पलले सरर्वसम्मत फसेलाद्वारा जीत हासिल गगरे तर टायसनले पनि ८ राउण्डसम्म रिंगमा डटेर प्रशंसकहरूका मन जिते। पललाई पेशादार बक्सिंगमा नक्आउट मास्टर मानिन्छ तर उनले पनि टायसनलाई हल्लाउन सकेनन् अनि ८ राउण्डसम्म रिंगमा अडिग रहे। पलले अन्तमा टायसनलाई ४ पोइण्ट्सले पराजित गरे। ८ राउण्डपछि पललाई ७८ अनि टायसनलाई ७४ पोइण्ट्स प्राप्त भयो।
माइकल टायसन र ज्याक पलबीच लड़ाइँ जम्मा ८ राउण्डको हुनु थियो। हरेक राउण्ड २ मिनटको थियो। दुवै बक्सरको ओजन ११३ किलोग्रामसम्म रहनु पर्ने थियो। पहिलो राउण्डमा पललाई ९ अनि टायसनलाई १० पोइण्ट्स हासिल भयो। दोस्रो राउण्डमा पनि पललाई ९ अनि टायसनलाई १० पोइण्ट्स हासिल भयो। पहिलो दुईवटा राउण्डमा टायसनले अग्रता हासिल गरे पनि तेस्रोदेखि आठौं राउण्डसम्म पलले पुनरागमन गरे। यी ६ वटा राउण्डमा निर्णायकहरूले पललाई १०-१० पोइण्ट्स गरेर दिए भने टायसनलाई ९-९ पोइण्ट्स गरेर हासिल भयो। उल्लेखनीय छ, यस लड़ाइँको ठीक अघि दुई बक्सरबीच फेसअफ् हुँदा टायसनले पललाई थप्पड़ लगाएका थिए। टायसनको त्यस थप्पड़ले लड़ाइँको रोमाञ्चलाई चरणमा पुऱ्याएको थियो। अन्तमा जीत हासिल गरेपछि पलले त्यस थप्पड़को निम्ति टायसनलाई धन्यवाद दिए। पहिलो २ वटा राउण्डमा हावी रहने टायसनमाथि रहल समयमा ढल्दो उमेरको थकान स्पष्ट देखियो। थकित देखिए पनि टायसन पूरा ८ राउण्ड रिंगमा अडिग रहे। यसले युवाहरूलाई प्रेरित गर्नेछ। लड़ाइँ सकिएपछि टायसनले पललाई अँगालो हालेर जीतको बधाई दिए। सूत्रबाट थाहालागे अनुसार, यस लड़ाइँमा पराजित भए पनि टायसनलाई २० मिलियन डलर (लगभग १६९ करोड़ रुपियाँ)-को भुक्तान गरियो। यसरी पललाई ४० मिलियन डलर (लगभग ३३८ करोड़ रुपियाँ)-को भुक्तान गरियो। उल्लेखनीय छ, टायसन १९८६-मा केवल २० साल र ४ महिनाको उमेरमा पेशादार बक्सिंग इतिहासमा सबैभन्दा कम्ती उमेरका हेभिवेट च्याम्पियन बनेका थिए। केविन म्याकब्राइडविरुद्ध पराजित भएपछि उनले २००५-मा पेशादार बक्सिंगबाट सन्न्यास लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement