हाउसफुल चलिरहेको पूर्णबहादुरको सारंगी २०वटा हलबाट उर्तियो

IMG-20241113-WA0273

काठमांडू: सिनेमा हलहरुमा हाउसफुल चलिरहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ आज शनिबारदेखि २० वटा हलबाट उतारिने भएको छ।
प्रदर्शक (हल सञ्चालक) ले दिएको कलेक्सन रिपोर्टमा असहमति जनाउँदै निर्माताले फिल्मलाई २० वटा हलबाट उतार्ने निर्णय लिएका बतइएको छ।
निर्माता कम्पनी सेभेन सिजले हिजो बेलुकी विज्ञप्ति जारी गर्दै यस बिषयमा जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘केही सिनेमा घरहरूले चलचित्र पूर्णबहादुरको सारंगी हाउसफुल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माण पक्षलाई उपलब्ध गराएको ग्रस कलेक्सन रिपोर्टप्रति असहमत हुँदै नवंबर १६ देखि सम्बन्धित हलबाट सिनेमा उतार्ने निर्णय भएको उल्लेख छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement