थोलुङमा प्रस्तावित खामसेल समारोहको तयारीको निरीक्षण

n6393850971731693514123aeb3cb6adcafd449c4574f7b7d6326a91029eaf1acc103999209adbe05f8fcfd

गान्तोक: राज्यका वन विभाग मन्त्री पिन्छो नामग्याल लेप्चाको नेतृत्वमा आज संयुक्त टोलीले साक्योङ पेन्टोङ ग्राम पञ्चायत युनिट अन्तर्गत बे लिङज्याको निरीक्षण गऱ्यो।
निरीक्षण गर्नुको मुख्य उद्देश्य आगामी २०-२२ नोभेम्बरमा जङ्गूको थोलुङमा सम्पन्न हुने खामसेल समारोहको तयारीलाई लिएर गरिएको हो। खामसेल समारोह महान सांस्कृतिक र धार्मिक महत्वको एक त्रैवार्षिक कार्यक्रम हो, जसमा थोलुङ गुम्बाका पवित्र अवशेषहरू र कलाकृतिहरू, सामान्यतया बन्द गरिन्छ, तर उक्त दिन भने सार्वजनिक पूजाको लागि प्रदर्शनमा राखिन्छ। यो पवित्र अनुष्ठानले यस क्षेत्रका असंख्य भक्तजनलाई आकर्षित गर्ने गर्दछ।
निरीक्षण टोलीमा जिल्ला उपाध्यक्ष सोनाम किपा भोटिय, जिल्लापाल अनन्त जैन लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement