गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज सिक्किम मणिपाल विश्वविद्यालयको २४औं दीक्षान्त समारोहमा भाग लिए। राज्यपाल माथुरले सिक्किम विश्वविद्यालयको कुलाधिपतिको रूपमा समारोहमा भाग लिएको राजभवनले विज्ञप्तिमा बताएको छ।समारोहमा स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथि थिए। राज्यपालले दीक्षान्त समारोहमा २९ पीएचडी शोधकर्ता एवं स्वर्ण पदक प्राप्तकताहरूलाई उपाधि प्रदान गरे। उनले विद्यार्थीहरूलाई बधाई दिॅंदै उनीहरूको उज्जवल भविष्यको निम्ति कामना गरे। आज समारोहमा १०२६ विद्यार्थीलाई उपाधि प्रदान गरिएको बताइएको छ।