मुख्यमन्त्री तामाङद्वारा देउरालीमा राज्य पञ्चायत रिसोर्स सेन्टरको उद्‌घाटन

IMG-20241115-WA0285

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज देवराली स्थित जीएमसी कार्यालयमाथिको तल्लामा आरडीडी विभागको पञ्चायतीराज निर्देशनालय अन्तर्गत निर्मित राज्य पञ्चायत रिसोर्स सेन्टरको उदघाटन गरे। यो सुविधा केन्द्र पञ्चायत प्रतिनिधि र सरोकारवालाहरूको लागि प्रशिक्षण, क्षमता-निर्माण र स्रोत समर्थनको माध्यमबाट स्थानीय शासनलाई सशक्त बनाउन समर्पित रहनेछ। आवश्यक सीप र स्रोतहरू सुसज्जित गरेर यस केन्द्रले तृणमुल स्तरमा लोकतन्त्रलाई सुदृढ पार्न र यस क्षेत्रमा समुदाय-नेतृत्व पहलहरूको प्रभावकारिता बढाउन महत्त्वपूर्ण भूमिका निर्वहन गर्ने मुख्यमन्त्रीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। यस अवसरमा ग्राम प्रबन्धन विभागकी सल्लाहकार तथा विधायक कला राई, गान्तोकका विधायक दिले नामग्याल बर्फुङपा, सम्बन्धित विभागीय सचिव डी आनन्दन, पञ्चायत निर्देशक तेन्जिङ डी डेन्जोङपा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

पत्रकारहरूसँग कुरा गर्ने क्रममा विभागका निर्देशक तेन्जिङ डी डेन्जोङपाले यो केन्द्रको औपचारिक रूपमा उद्वघाटन गरेकोमा मुख्यमन्त्रीप्रति विभागको पक्षबाट हार्दिक आभार व्यक्त गर्दै यो केन्द्रबाट आजदेखि ग्रामीण विकास विभाग अन्तर्गतका सबै तालिम र सभाहरू सञ्चालन हुने जानकारी गराए। उनले विभाग मन्त्री अरूण कुमार उप्रेती, सल्लाहकार कला राई, विभागीय सचिव लगायत सबैप्रति धन्यवाद प्रकट गर्दै विभागको उपलब्धिहरूमाथि पनि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement