सोरेङको आश्रम मोडल स्कूलमा बिरसा मुण्डा दिवस पालन

IMG-20241115-WA0283

गान्तोक: सोरेङ जिल्लाअन्तर्गत सिक्किम कल्याण आश्रम कलुक मंगलबारे प्रखण्डद्वारा झुसिङथाङस्थित आश्रम मोडल स्कूलमा बिरसा मुण्डा दिवस पालन गरियो। यस अवसरमा डेञ्जोङ एग्रिकल्चर कोअपरेटिभ सोसाइटीका अध्यक्ष आर.के वालिङ प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि आर.के वालिङले उपस्थित सबैलाई बिरसा मुण्डा जयन्तीको शुभकामना दिए।उनले भगवान बिरसा मुण्डाको योगदानबारे चर्चा गर्दै सबैलाई उनको जीवनबाट प्रेरणा लिनु पर्ने आव्हान गरे। राज्यका मुख्यमन्त्रीको निर्देशनमा आज सिक्किमको विभिन्न क्षेत्रमा बिरसा मुण्डाको जन्म जयन्ती यसरी भव्यताका साथमा पालन भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री साथै वर्तमान सरकारको कार्यकालमा सम्पूर्ण जातिलाई समान हक अधिकार दिएको कुरा उल्लेख गरे।
यसै क्रममा सिक्किम कल्याण आश्रमका महासचिव सोनाम दोङले स्वागत सम्बोधनको क्रममा भगवान बिरसा मुण्डाको त्याग र वलिदानमाथि प्रकाश पारेका थिए। जनजाति सुरक्षा मञ्चका समन्वय पासङ भोटियाले कार्यक्रमको औचित्यबारे उपस्थित सबैलाई जानकारी गराए। सिक्किम कल्याण आश्रमकी सदस्या बुध्दिमाया तामाङले हालसम्म यस संस्थाले गरिरहेका कामहरु साथै संस्थाको एजेण्डाको विवरण प्रस्तुत गरेकी थिइन्।आयोजक समितिका मूल सचिव छुल्टिम भोटियाले पनि जनजाति गौरव दिवसबारे आफ्नो मन्तव्य प्रकट गरेका थिए।
आजको कार्यक्रममा आश्रम मोडल स्कूल साथै सिक्किम कल्याण समितिको तर्फबाट विभिन्न रंगारंग कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement