२३ मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत सोमवार प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगका तीनवटा म्याच खेलियो। मेला ग्राउण्डमा भएको म्याचमा पीएफए पेदोङले काम्चीलाई ३-२-ले पराजित गऱ्यो। यसरी नै कुमुदिनी होम्स स्कूललाई कुमुद एफसीले ५-०-ले पिट्यो। विजेता टीमबाट रोनित सुन्दासले २ गोल गरे। यसबाहेक गितडाब्लिंगले स्टेट ट्राइबल स्कूल विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।