सिलगढी: चिरपरिचित अभिनेता सुनिल सेट्ठी बलिवुडका नामी नायक हुन्।उनका धेरै फिल्महरुले बक्स अफिसमा धमाल मचाएका थिए। ९० को दशकमा बलिवुडमा कदम राखेका सुनिल सेट्ठीले धेरै राम्रो फिल्महरु दिएका छन्। उनी अचानक केही दिनअघि बागडोग्रा एयरपोर्टमा देखा परेका थिए।

उनी दार्जिलिङ पहाड भ्रमणमा आएका थिए।केही दिन पहाडी क्षेत्रमा बिताएर उनी आज मुम्बई फर्किएका छन्।