नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गुजरात भ्रमणको दोस्रो दिन आज भुजमा विभिन्न विकास परियोजनाको शिलान्यास र उद्घाटन गरेका छन्। जसमा खानेपानी, बिजुली, सडक र दुग्धजन्य परियोजनाहरु पर्दछन्। यस अवसरमा प्रधानमन्त्रीले भने, ‘यसले गुजरातको कच्छको विकासको लागि डबल इन्जिन सरकारको प्रतिबद्धता देखाउँछ। २६ जनवरीमा कच्छमा भूकम्प आयो, म दिल्लीमा थिएँ। केही घण्टामै म दिल्लीबाट अहमदाबाद पुगेँ र भोलिपल्ट कच्छ पुगें। म त्यतिबेला मुख्यमन्त्री थिइनँ, म भाजपाको साधारण कार्यकर्ता थिएँl’ उनले भने, ‘मलाई थाहा थिएन कि म कसरी र कति जनालाई मद्दत गर्न सक्षम हुनेछु, तर मैले निर्णय गरे कि यो दु:खको घडीमा म तपाईंहरू सबैको बीचमा हुनेछु। जे सम्भव छ, म तिम्रो दुखमा सहभागी हुने प्रयास गर्नेछुl’









