आजदेखि शुरु भयो बोयालमारीको रास महोत्सव

IMG-20241115-WA0224

जलपाईगढी: बोयालमारीको रास महोत्सव आजदेखि शुरु भएको छ। यो पर्व सात दिनसम्म चल्नेछ। मञ्चमा हरेक दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन्। आज रासचक्र परिक्रमा गरी सबै कृष्णभक्तहरू टिस्टा नदीको पानी लिन निस्किएका छन्। ब्याण्ड पार्टीको सांगीतिक तालमा नाच्दै महिला पुरुष सबै देखिएका थिए। उल्लेखनीय छ, बोयालमारीमा स्वर्गीय हीरल सरकारको सम्झनामा विगत केही वर्षदेखि रास महोत्सव आयोजना हुँदै आएको छ। साधारणतया रास उत्सवको लागि धेरै मानिसहरू भेला हुन्छन्। आजबाट रास महोत्सव शुरु भएको रास समितिका सचिव रवीन्द्रनाथ सरकारले जानकारी दिए। कार्यक्रममा आफ्नो परिवारको सहभागिता रहेको स्वर्गीय हिरालाल सरकारका छोरा नरेन्द्रनाथ सरकारले बताए। उनले यो रास महोत्सव सात दिनसम्म चल्ने समेत बताए। उनले भने, ‘त्यसैले म जीवनका सबै क्षेत्रका मानिसहरूलाई सहभागी हुन आमन्त्रित गर्दछु।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement