कोलकाता: सरोज गुप्त क्यान्सर सेन्टर एण्ड रिसर्च इन्स्टिच्युट (एसजीसीसीआरआई)ले बाल दिवसको कार्यक्रम भव्य रुपमा आयोजना गर्योl मुख्य अतिथि एसजीसीसीआरआईका सचिव अञ्जन गुप्तले यस दीप प्रज्ज्वलन गरेर यस कार्यक्रमको उद्घाटन गरेl एसजीसीसीआरआईका सह सचिव डा. गौतम भट्टाचार्य र एसजीसीसीआरआईका निर्देशक डा. अर्नब गुप्त विशिष्ट अतिथिको उपस्थित थिएl

यस कार्यक्रममा चित्र प्रतियोगिताका सहभागी बालबालिकाहरूलाई पुरस्कार प्रदान गरियोl कार्यक्रममा बालबालिकाहरूले गीत साथै नृत्यहरू प्रस्तुत गरेl कार्यक्रममा जीसारेगमपका सुपरस्टार सिंगर रोहण दासले गीत प्रस्तुत गरेl
