४०औं गवर्नर्स गोल्ड कपः क्वार्टर फाइनलमा पुग्न सफल भयो चेन्नईयीन फूटबल क्लब

IMG-20241115-WA0236

गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा शुक्रवार चेन्नईयीन फूटबल क्लबले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान प्रवेश गऱ्यो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको म्याचमा चेन्नईयीन फूटबल क्लबले डायमण्ड हार्बर फूटबल क्लबविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट एकमात्र गोल माकाकमायुम दानियलले ६९औं मिनटमा गरे। चेन्नईयीन फूटबल क्लबले अब १९ नोभेम्बरमा खेलिने क्वार्टर फाइनलमा चर्च बोयज युनाइटेड (नेपाल)-को चुनौती स्वीकार्नेछ। चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। यसमा चारवटा विदेशी टीम- ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान), रोयल फूटबल क्लब (यूएई), केडीएन एफसी (मलेशिया) र चर्च बोयज युनाइटेड (नेपाल) सामेल छन्। यसको साथमा सिक्किम पुलिस एफटी, कालीघाट एमएस, आर्मी (रेड), खावज्वाल भेंगथार एफसी (मिजोरम), जीटीए इलेभेन (दार्जीलिङ), गान्तोक हिमालयन फूटबल क्लब (सिक्किम), पञ्जाब पुलिस एफटी, चेन्नईयन एफसी (आर), गोकुलम केरला एफसी, नर्थईष्ट युनाइटेड एफसी (आर), सुदेवा एफसी (दिल्ली) र डायमण्ड हार्बर एफसी-को टीम सामेल छन्। फाइनल २४ नोभेम्बरमा खेलिनेछ।

भोलिको म्याच (पहिलो क्वार्टर फाइनल): गोकुलम केरल एफसी बनाम ट्रान्सपोर्ट युनाइटेड एफसी (भूटान)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement