कोलकाता: अहिलेघरि राज्य सरकारमाथि भ्रष्टाचारका आरोपहरू लगातार बढ़्दै गइरहेका छन्। अब राज्यको ट्याबलेट योजनामा साइबर अपराधीहरूद्वारा घोटाला गरिएको मामिला अघि आएको छ।
यस घोटालाको चपेटमा राज्यका १५ वटा जिल्लाहरूका १३५२जना विद्यार्थीहरूको नाम अघि आइसकेको छ। यस काण्डको खुलासा हुनसाथ कोलकातामा धेरैवटा सिकायत दर्ता भएको छ। पुलिसको जाँच अनुसार यस घोटालाको केन्द्र उत्तरी दिनाजपुर र चोपड़ा अनि वरपरका क्षेत्रहरू रहेको बताइँदैच। यस घटनामा दशजना मानिसहरूलाई पक्राउ गरिसकिएको छ। जाँचमा यो पनि थाहा लागेको छ, यो सम्पूर्ण घोटाला एकजना मात्र व्यक्तिको इशारमा संचालन भइरहेको थियो।शिक्षा मन्त्री ब्रात्य बसुले बताए, यस घोटालालाई रोक्नको लागि नेशनल इनफर्मेटिक्स सेन्टर (एनआईसी)- ले जाँच गरेर एक मानक संचालन प्रक्रिया (एसओपी) प्रस्तुत गरेको छ। मन्त्रीले यो पनि आश्वासन दिए, जसरी माध्यमिक-उच्च माध्यमिक परीक्षाको प्रश्न-पत्र लीक हुँदा नियन्त्रण गरिएको थियो त्यसरी नै यस घोटालाको पनि समाधान चाँड़ै हुनेछ।