गुवाहाटी(असम): सारा असमभरि आजदेखि रास महोत्सव शुरू भएको छ। यस रास महोत्सवलाई लिएर व्यापक तयारी विगत केही दिनदेखिकै हुँदै आइरहेको थियो। असम लगायत सम्पूर्ण पूर्वोत्तर भारतमा सैकड़ौं स्थानमा रास महोत्सव आयोजना भइरहेको छ।
चारैतिर रास लीलाको लागि रिहर्सल सहित सजावट तथा झाँकीहरू प्रस्तुत गर्ने तयारी भइरहेको थियो। आजको वातावरण श्रीकृष्ण वन्दनाले गुञ्जयमान भइरहेको छ। राज्यका विभिन्न भागहरूमा रास महोत्सवको आयोजन गरिँदैछ। राज्यभरि नै रास महोत्सव आजदेखि शुरू भएर आगामी महिनाको अन्तसम्म चल्नेछ। रास महोत्सवलाई लिएर नलबाड़ी, हावली, माजुली, पलासबारी, मंगलदै, शिवसागर आदि सहित राज्यका विभिन्न भागहरूमा व्यापक तयारी गत एक महिनादेखिकै गरिएको छ।