फिफाद्वारा क्लब वर्ल्ड कप ट्रफी अनावरण

IMG-20241115-WA0225

जेनेवा: फूटबल खेलको वैश्विक संस्था फिफा-ले पुनर्गठित फिफा क्लब वर्ल्ड कपको ट्रफीको बिहिवार आधिकारिक रूपले अनावरण गऱ्यो। विश्व फूटबल शासी निकायले ट्रफीलाई फिफा-द्वारा डिजाइन गरिएको थियो र यसलाई लक्जरी ज्वेलरी कम्पनी टिफनी-को सहयोगले तयार गरिएको जानकारी दिएको छ। फिफा अध्यक्ष जियानी इनफेण्टिनोले यस अवसरमा भने, नवीन, समावेशी, अभूतपूर्व र वास्तवमा वैश्विक, नयाँ ३२ टीमको फिफा क्लब वर्ल्ड कप एक यस्तो ट्रफीको हकदार हो, जसले यी सबैको प्रतिनिधित्व गर्दछ। यो स्वर्ण ट्रफी भविष्यको प्रतीक हो र अतीतबाट प्रेरित छ। हामी आज यस ट्रफीलाई आनावरण गरेर खुशी छौं। फिफा क्लब वर्ल्ड कप आउँदो साल १५ जूनदेखि १३ जुलाईसम्म संयुक्त राज्य अमेरिकाका ११ वटा शहरमा आयोजित गरिनेछ। फाइनल न्यूयार्कको भव्य मेटलाइफ स्टेडियममा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement