बिरेन प्रधानको २ गोल

IMG-20241115-WA0218

फाइनलमा पुग्यो यूकेएफसी

खरसाङ: युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले आफ्नो विजयाभियान जारी राख्दै आसनसोलमा जारी टुर्नामेण्टको फाइनलमा स्थान बनायो। दोमोहनी इलेवेनद्वारा आयोजित मानिक उपाध्याय अनि पप्पु उपाध्याय मेमोरियल नक आउट फूटबल टुर्नामेण्टअन्तर्गत शुक्रवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा यूकेएफसी-ले ईष्टर्न रेलवे हावड़ा डिवीजनविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता् टीमबाट दुवै गोल बिरेन प्रधानले गरे। यूकेएफसी-ले अब १७ नोभेम्बरमा खेलिने फाइनलमा निलाञ्जना फूटबल क्लब (आसनसोल)-को चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement