मन मोहन मजुवा प्राथमिक पाठशालामा बिदाई समारोह अनि सभासद श्याम शेर्पाद्वारा विभिन्न स्थानको भ्रमण

IMG-20241115-WA0233

खरसाङ: खरसाङ महकुमा अन्तर्गत खरसाङ चिमनी देवराली समष्टीको मन मोहन मजुवा प्राथमिक पाठशालाको प्रधान अध्यापक रवि खवासको बिदाई कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पा, पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य सिमा थापा, नारी शक्ति अध्यक्ष सुष्मा मुखिया, सचिवा ललिता छेत्री र अन्य भागोप्रमो पार्टीका प्रतिनिधिहरू उपस्थित रहेका थिए। कार्यक्रमको प्रथम चरणमा सबैले सम्मान साथ राष्ट्रिय गीत गाएपछि सभासद अनि अन्य अतिथिको बाहुलीबाट नानीहरूलाई प्याकेट लञ्च अनि उपहारहरु वितरण गरियो। यसको साथै द‍ोस्रो चरणकाे कार्यक्रममा मोहन मजुवाकाे प्रधान अध्यापक रवि खवासलाई अवकाशप्राप्त भएकोमा विदाई कार्यक्रमकाे आयोजना गरिएको थियोे जसमा नारी शक्तिकाे तर्फबाट सचिव ललिता छेत्रीले खदा अनि अध्यक्षा सुष्मा मुखियाद्वारा अभिनन्दन पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यसको साथै समिति सदस्य दिनेश तामाङले जातीय टोपी पञ्चायत सदस्य सिमा मुखियाद्वारा शल लगाएर सम्मान जनाइयो भने अभिनन्दन पत्र फ्रेम र उपहार सभासद श्याम शेर्पाको बाहुलीबाट प्रदान गरियो। कार्यक्रममा सहभागी सबैले प्रधानाध्यापकको सेवा र समर्पणको उच्च सम्मान व्यक्त गरे। कार्यक्रमपछि सभासद श्याम शेर्पा र टोलीले मजदुरको सार्वजनिक भवनको लागि डोजरद्वारा खनिएको नयाँ प्लटको निरीक्षण गरेका थिए। यो आयोजना सभासद कोष अन्तर्गत गरिएको थियो र यसले आगामी सामुदायिक भवनको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भनी जनाइएको छ। त्यसपछि टोलीले मजुवा बस्तीको मुख्य मार्गबाट खेल मैदानसम्मको नयाँ सडक निर्माणको कार्य निरीक्षण गरेका छन् जुन सभासदको व्यक्तिगत कोषबाट गरिन्दैछ। नयाँ सडकले सम्पूर्ण मजुवा बस्तीलाई खेलकूदका अवसरहरूको लागि सहजीकरण गर्नेछ, जुन विशेष गरी बालबालिकाहरूको लागि लाभदायक हुने बताइएको छ।
यसै क्रममा टोलीले सिमखकामा सामुदायिक भवनको आधारको लागि डोजरद्वारा खनिएको ठाउँको पनि अवलोकन गरेका थिए। यस भ्रमण र कार्यक्रमले बस्तीका जनतालाई उत्साहित र प्रेरित बनाएको छ जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement