आपराधिक गतिविधिका लागि भेला भएको आरोपमा ५ जना पक्राउ

photocollage_20241115163411269-copy

सिलगढी: प्रधाननगर पुलिस थानाले आपराधिक गतिविधिका लागि भेला भएका ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पंकज रोय, सागर मगर, असिम छेत्री, आयुस खाती र अनमोल प्रधान रहेका छन्। बिहीबार राति वार्ड न० ४६ को राजीवनगर क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न रहेको गोप्य स्रोतबाट सूचना प्राप्त भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गर्न सफल भएको बताइएको छ। पुलिस स्रोतका अनुसार लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पंकज राय  केही दिनदेखि सुधार गृहमा थिए। पुलिसले पक्राउ परेका पाँच जनालाई आज सिलगढी अदालतमा पेश गरी सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement