आगलागीबाट दुई वटा घर जलेर नष्ट

IMG-20241115-WA0198

जलपाईगढी: बिहीबार साँझ राजगञ्जको गढीतगजमा तारिकुल मोहम्मदको घरमा आगलागी भयो। दुईवटा घर जलेका छन्। आगो निभाउने क्रममा तारिकुल घाइते भएका छन्। आगलागीको कारण खुल्न नसकेको भए पनि विद्युत सट भएर आगलागी भएको अनुमान गरिएको छ। तर, घटनाका बेला तारिकुल र उनकी श्रीमती घरमा नभएको धेरै स्थानीयको दाबी छ। फुलबारीबाट दमकल आइपुग्दा त्यतिन्जेलसम्म दुईवटा घर पूरै जलिसकेको थियो। साथै भित्र राखिएको सम्पूर्ण सामान जलेको छ। घाइते तारिकुलले राजगञ्ज ग्रामीण अस्पतालमा गएर प्राथमिक उपचार गरे। इलाका पञ्चायत समिति सदस्य सर्वानी धारा घटनास्थल पुगे। स्थानीय पञ्चायत विनी रोयले उक्त क्षेत्रमा दमकल भएको भए आगलागीको ज्वलन्तता त्यति गम्भीर हुने थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement