हाम्रो प्रशासन सशक्त छ: मुख्यमन्त्री ममता ब्यानर्जी

IMG-20241115-WA0184

सिलगढी: ट्याब घोटालामा एसआईटी गठन भएको छ। यस कार्यमा संलग्नलाई प्रशासनले पक्राउ गरेको छ। उत्तर बंगालको चार दिने भ्रमणपछि कोलकाता प्रस्थान गर्नुअघि बागडोग्रा एयरपोर्टमा ‘हाम्रो प्रशासन सशक्त छ’, मिडियालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भनिन्, ‘ट्याब घोटालामा एसआईटी गठन भएको छ। यो प्रशासनको काम हो, प्रशासनलाई गर्न दिनुहोस्। महाराष्ट्र, राजस्थानलगायत धेरै राज्यहरूमा यस्तो भएको छ। हामीले यो समूहलाई समातेका छौं। त्यसैले हाम्रो प्रशासन निकै बलियो र कडा छ। उनीहरुले यसअघि नै ६ जनालाई पक्राउ गरिसकेका छन्।‘ उनले भनिन्, ‘मेरो पहाडको यात्रा निकै राम्रो रह्यो। विशेष गरी पहाडमा चारवटा सीप तालिम केन्द्र हुनेछन्। सिलगढीमा एउटा सप्तम राय चौधरीले गरिरहेका छन्। यसले प्रशिक्षण र रोजगारीको अवसर प्रदान गर्नेछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement