धरापमा पर्दै पुर्ख्यौली पेशा

IMG-20241115-WA0143

तनहुँ: तनहुँ जिल्लाकोको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा रहेको माइला मादल पसलका संचालन दिलबहादुर सार्की मादलमा खरी हाल्न व्यस्त नै देखिन्छन्। मादल बनाउने उनको दैनिकी पेशा नै हो।  ६१ वर्षीय सार्कीले परम्परागत रूपमा आफ्नै बाबुबाट सीप सिकेर यो पेशा शुरु गरेका बताउँछन्। बाल्यकालदेखि नै पारिवारिक पेशा गर्दै आएका बाबुलाई सघाउँदै जाँदा उनले मादल बनाउन सिकेका हुन्। पुर्ख्यौली पेशालाई निरन्तरता दिन आफूले यो पेशालाई निरन्तरता दिन आफुले अपनाएकोउनले बताए। तर, केही समय यता मादल बनाउन बजारमा छालाको अभाव हुँदा उनलाई समस्या हुन थालेको बताउँछन्। ‘बाबुकै कारणले म यो पेशामा पनि छु, मसँगै सीप सिकेर छोराले खैरेनीटारमा मादल पसल संचालन गरेको छ’, उनले भने, ‘अहिले छाला नपाउँदा मादल बनाउने व्यवसाय संकटमा पर्न  थालेको छ।’

नारायणगढ, कावासोती, पुट्टारलगायत स्थानहरुमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको तीतो अनुभव सुनाउँछन्। शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाइका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उनको भनाइ छ। उनले भने, ‘स्थानीयस्तरमा छाला फालिएको छ। नगरपालिकासँग अनुरोध गरेको छु। निश्चित शुल्क तिरेर यही छाला किन्न पाए सजिलो हुन्थ्यो।’ उनले मादलसँगै सारङ्गी, खैजडी, झ्याली, दमाहा, ढोलकी, टेम्पोलगायत बाद्यवादनका सामग्री बनाउँदै आएका छन्। त्यसका अलवा आरन पेशालाई पनि सँगसँगै अगाडि बढाएको उनको भनाइ छ। उनले भने, ‘म यो पेशामा सन्तुष्ट  छु। तर विगतका वर्षजस्तो व्यापार छैन, जोहो भने चलेकै छ।’ पछिल्लो समय आधुनिक वाद्यवादनका सामग्री प्रयोग बढी हुँदा मादलको बजार खस्किदो रहेको बताउँछन्। यही पेशाबाटै घरखर्च चलिरहेको बताउँदै सार्कीले भने, ‘अहिलेसम्म चलेको यही पेशाबाटै हो। यसमा सन्तुष्ट नै छु तर यो पेशालाई अगाडि बढाउन अब धेरै चुनौती थपिएक्का छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement