भद्रपुर (नेपाल): जाडो शुरु भएसँगै जाडो मनाउन विभिन्न देशका पंक्षी चितवन आउन थालेका छन्l चितवनका तीन नदीमा कम्बोडिया, चीन, साइबेरिया, रुसलगायत देशका चराचुरुङ्गी यहाँ आउने गर्दछ। नेपालका पक्षी अनुसन्धानविदका अनुसार राप्ती, नारायणी र रिउ नदीमा ४० भन्दा बढी प्रजातिका चराहरु बाहिरबाट आएका छन र आउने क्रम बढेको बताएका छन् उनीनिहरु भन्छन , ‘अहिले स्थानीय नदहरुका किनारमा पर्यटकहरु आउने क्रम पनि बढेको छ। यससँगै चरा हेर्न पर्यटकहरु आउने गरेका छन्। चखेवा, जलेवा , कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरु यहाँ आएको उनले बताए। उनका अनुसार नेपाल आउने पर्यटकमध्ये चार प्रतिशत चराहरु नै हेर्न आउँछन्। यस मौषममा विभिन्न देशमा जाडो बढ्दै जाँदा, हिउँ पर्न थालेपछि र नदीहरू हिउँले ढाकिन थाले पछि चराहरू आहाराको खोजीमा आउने गरेको उनिहरु बताउँछन्। यस बेला यहाँ १५० देखि १६० प्रजातिका चार प्रजाति आउने गरेको उनीहरु भन्छन्। अनुसन्धानविदहरुले भने, ‘अहिले आएका चराले बच्चा काटदैनन्। यी चराहरू गर्मीको शुरुवातसँगै फर्कने गर्दछन्।‘ तराईको कोशी किनारदेखि कर्णालीसम्म पानीमा आश्रित पंक्षी नेपाल आउने गरेको उनिहरु बताउँछन्। अहिले हाँस प्रजातिका चराहरु आएका छन् र अन्य चराहरु पनि आउने क्रम जारी रहेको उनीहरुले बताएl