विभागीय अधिकारीहरूका साथमा सभासद मिलेस राई पुगे नाम्सु बस्ती

मिरिक: मिरिक थर्बु डुप्टिन समष्टिका एमओडी सभासद मिलेश राईसँगै सिचाई विभागका अभियन्ता चन्दन प्रधान, मिरिक इन्जिनियरिङ  विभागका प्रमुख अभियन्ता दिपेन्द्र गुरूङ, कार्यकारी अभियान्ता  डुप्छेन लामा, बडाबाबु समीर गुरूङ लगायत अन्यले मिरिक महकुमाअन्तर्गत नाम्सु बस्तीको स्थलगत भ्रमण गरे। यस अवधि मिरिक इन्जिनियरिङ  विभागका प्रमुख अभियन्ता दिपेन्द्र गुरूङले  भ्रमण अवधि नाम्सु बस्तीको बुनियादी समस्याहरूको वस्तुस्थितिको निरीक्षण गरेको बताए। यसका साथै आफूहरूको पक्षबाट हुनसक्ने कार्य गर्ने आश्वासन दिए।

यता सभासद मिलेश राईले नाम्सु बस्तीवासीले भोग्न परिरहेको समस्याको समाधान गर्न यहाँको स्थलगत निरीक्षण गर्न आएको बताए। ‘क्षेत्रको सुरक्षाका लागि हामी यहाँको समस्या  चाँडै समधान गर्नेछौं,’ उनले भने। उनले नाम्सु बस्ती, नाम्सु बालसन खोलाको किनारमा रहेको अनि यहाँका अधिकांश मानिसहरू धानखेती अनि पशुपालनमा निर्भर रहेको तर बालसन खोला बढेर कुनै पनि समय भल गाँउमा पस्ने सम्भावना बढी रहेको बताएl साथै यहाँका बासिन्दाहरूले लामो समयदेखि नाम्सु बालसन खोलामा बाँध लगाँउने माग गरिरहेको जसको निरीक्षण विभागीय अधिकारीहरूका साथमा गरिएको जानकारी गराँउदै नाम्सु क्षेत्र हाल ग्रामीण  पर्यटनको रुपमा विकसित बन्दै गएको उनको भनाइ छl यहाँको पर्यटनलाई  अझ कसरी विकसित गर्न सकिन्छ भन्ने विषयमा स्थानीय मानिस साथै विभागीय अधिकारीहरूसित चर्चा गरिएको उनले बताए। उनले नाम्सु बस्तीको एक ठाँउमा बिट्रीसकालीन एउटा झुलुङ्गे पूल रहेको जसलाई व्यवस्थित गर्न अति आवश्यक देखिएको जानकारी गराँउदै यहाँको क्याप ढुङ्गामा आकर्षक गुफा रहेको जसलाई ब्यावस्थित गरिएर यहाँको पर्यटन उद्योगमा थप टेवा पुग्ने उनले बताए। ‘नाम्सु क्षेत्रमा भ्रमणको अवधि देखा परेको समस्याहरूको समधानका लागि सोमबार विभागीय अधिकारीहरूसित सल्लाह गरेर योजना तयार पारिने र उक्त योजना गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका प्रमुख कार्यपाल अनित थापालाई बुझाएर समस्या समधान गर्न पहल गरिदिने अनुरोध गरिनेछ’, उनले भने। सभासद मिलेश राई आफ्नो क्षेत्रको भ्रमण गर्ने क्रममा सोही दिन देउराली बस्ती पुगेर त्यहाँका स्थानीय मानिसहरुसित  भलाकुसारी गरे। उनले क्षेत्रमा विशेष गरि एउटा पक्की पुल निर्माण गरिनु पर्ने विषयमा जोर दिँदै मरमा खोलामा चाँडै पूल निर्माण गरिदिने वचन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement