काठमांडू: गत जुनमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि बताइयो।
थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट सो जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले बताइन।
“टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना सङ्कलन गरेर पटक-पटक परीक्षण गर्दा पुनः पोलियो भाइरस फेला पारेनाैा”, उनले भने, “यदि सो भाइरस सङ्क्रमण भएको स्थितिमा खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो। पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गराैँ।”
गत जुनमा काठमांडू महानगरपालिका-१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचा खोलाको सङ्गमबाट नमूना सङ्कलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा समेत त्यो पुनः फेला नपारिएको बताए। सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ। काठमांडू भ्यालीका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना सङ्कलन गरेर महिनाको दुईपटक यस् प्रकारको परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताए। काठमांडू भ्याली बाहिर पोखरा, विराटनगर र जनकपुरका एक-एक स्थानबाट समेत नमूना संकलन गरेर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको बताइन्छ।
सन् २०१० यता देशमा पोलियो सङ्क्रमण भेटिएको छैन। पोलियो जीवाणुबाट फैलने पोलियो सङ्क्रामक रोग हो। पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षणहरु देखिन्छन्।